२० बैशाख २०८१, बिहिबार

घर भाडामा लिनेदिने दुवैले प्रहरीलाई अनिवार्य विवरण दिनैपर्ने :गृह मन्त्रालय

प्रकाशित मिति :  31 December, 2019 1:52 pm


फाइल फाटाे

काठमाडौं, १५पुस

काठमाडौं उपत्यकालगायत मुलुकका मुख्य सहरी क्षेत्रहरूमा घरभाडामा दिने र लिने दुवैको विवरण प्रहरीलाई दिनुपर्ने भएको छ ।
केही दिनअघि बसेको गृहको बैठकले घर भाडामा लिएर विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधि, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता अपराध बढेको भन्दै प्रहरीलाई विवरण बुझाउनुपर्ने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापासहित गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार यो निर्णयले  समग्र शान्ति सु–व्यवस्थामा सहयोग पुग्नेछ ।उनका अनुसार अब घर भाडामा दिँदा र लिँदा भाडामा बस्ने व्यक्ति, संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण र छाडेको विवरण पनि प्रहरी कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस !