२८ बैशाख २०८१, शुक्रबार

सीईडीबी हाइड्रोपावरको आइपीओ आजदेखि निस्काशन, कति कित्ता आवेदन दिने ?

प्रकाशित मिति :  30 April, 2021 2:19 pm


काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री तथा निष्काशन खुला गरेको छ । कम्पनीले रु. २५ करोड बढीको आईपीओ आज वैशाख १७ गतेबाट निष्कासन गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २५ लाख १८ हजार २३० कित्ता आईपीओ निष्कासन गरेको हो। यो कुल २५ करोड १८ लाख २३ हजार रुपैयाँबराबरको रहेको छ ।

आईपीओको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन्।

उक्त आईपीओको छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गते बैंकिङ समयपछि बन्द हुनेछ । यसमा सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।

यो आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८३ करोड ९४ लाख रुपैयाँ बढी पुग्नेछ ।



प्रतिक्रिया दिनुहोस !