२२ बैशाख २०८१, शनिबार

ट्र्याक्टरले किचेर चालकको मृत्यु

प्रकाशित मिति :  31 December, 2019 2:58 pm


तनहुँ, १५ पुस

तनहुँको व्यास नगरपालिका–१ गल्वुबँेसीमा ट्र्याक्टर चालक मृत फेला परेका छन् । म्याग्दे गाउँपालिका–१ गुणादीका २६ वर्षीय सुशील परियार आज बिहान मृतावस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग१त २३८२ नंको ट्र्याक्टरका चालक रहेको जनाइएको छ ।

ना६त ६८७२ नंको ट्र्याक्टर बसपार्कमा रगताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोही ट्र्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त ट्र्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ । “ट्र्याक्टरले किचेर मृत्यु भएपछि शवलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,” प्रवक्ता लामिछानेले भन्नुभयो ।

 



प्रतिक्रिया दिनुहोस !