२६ बैशाख २०८१, बुधबार

आइसीटी अवार्ड २०२१ः व्यक्तिमा सुधिर पराजुली र कुशुम लामा; संस्थामा ह्वावे र महालेखा सम्मानित

प्रकाशित मिति :  2 May, 2021 10:59 pm


काठमाडौं ।

सरकारले यो वर्षको राष्ट्रिय अवार्ड वितरण गरेको छ । राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा आइतबार सरकारले विभिन्न चार विधामा नेसनल आइसिटी अवार्ड वितरण गरिएकाे हाे ।

सूचना प्रविधिकाे क्षेत्रमा याेगदान गरेवापत  इन्टरनेट सेवा प्रदायक संघ तथा सुविसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीलाइ नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ पाएका छन् ।

व्यक्तितर्फ नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२१ (वुमन) प्रभु ग्रुपकी उपाध्यक्ष कुशुम लामालाई प्रदान गरिएको छ ।

यो वर्षको नेसनल आइसिटी अवार्ड (पब्लिक सेक्टर) बाट महालेखा नियन्त्रक कार्यालय र नेसनल आइसिटी अवार्ड २०२१ (प्राइभेट सेक्टर) बाट ह्वावे टेक्नोलोजिज नेपाल सम्मानित भएकाे छ ।



प्रतिक्रिया दिनुहोस !