४ जेष्ठ २०७८, मंगलवार

निषेधाज्ञामा सहजीकरणका लागि फ्यानले परिचयपत्र उपलब्ध गराउने

प्रकाशित मिति :  २० बैशाख २०७८, सोमबार १३:५४


काठमाडौं । निषेधाज्ञाको समयमा सहजीकरणका लागि फ्लोरिकल्चर एशोसिएसन नेपाल(फ्यान)ले पुष्प उद्यमी परिचय पत्र उपलब्ध गराउने जनाएको छ ।

कोभिड–१९ महामारीको सङ्क्रमण पुनः फैलिएका कारण निषेधाज्ञाको अवस्थामा पुष्प व्यवसायी सदस्यहरूलाई पुष्प उत्पादन स्थलसम्म आवत जावतका लागि सहज बनाउन पुष्प उद्यमी परिचय पत्र वितरण गर्न लागेको फ्यानका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष कसजुले भनेका छन्,“हाल कोभिड–१९ महामारीको सक्रमण पुःन फैलिएको कारण हामी लकडाउन÷निशेधाज्ञाको अवस्थामा घरमै रहन बाध्य भएको छौं । आफ्नो व्यवसायको रेखदेख गर्न आवतजावतमा बन्देजका कारण सहज अवस्था छैन । यस अवस्थामा पुष्प व्यवसायी सदस्यहरुलाई पुष्प उत्पादन स्थलसम्म आवत जावत गर्नमा सहजीकरण होस भनी फ्यानले गत बर्ष झै यस पटक पनि पुष्प उद्यमी परिचय पत्र बितरण गरि रहेको जानकारी गराउदछौं ।”

पुष्प उद्यमी परिचय पत्र आवश्यक भएमा फ्यानका पदाधिकारीलाई सम्पर्क गर्न अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !