१६ बैशाख २०८१, आइतबार

प्रताप दासको ‘यात्रा’ सार्वजनिक

प्रकाशित मिति :  31 December, 2019 4:47 pm


१५ पुस, काठमाडौं ।

गायक प्रताप दासले आफ्नो ‘यात्रा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

यात्रा बोलको उक्त गीत राजधानीमा एक कार्यक्रममा बीच सार्वजनिक भएको छ ।  गीतमा प्रतापलाई पुजाले स्वरमा साथ दिएकी छिन् । सत्यराज एस.आर.सी. को शब्द र सरोज पोखरेलको संगीत रहेको गीतमा उदयराज पौडेलले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामदामको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सुरेन्द्र बसेलले गरेका हुन् । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नबिन निरौलाको सम्पादन रहेको छ ।



प्रतिक्रिया दिनुहोस !