२५ बैशाख २०८१, मंगलबार

गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  9 May, 2021 1:37 pm


काठमाडौं । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृृत्यु भएको छ । आइतबार गण्डकी प्रदेश मध्ये कास्कीमा ६जना, स्याङ्जाका २ जना, पर्वत, म्याग्दी र रुपन्देहीमा १/१ जना संक्रमितको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्रमितको शनिबार दिउँसो मणिपाल अस्पतालमा मृत्यु भएको हो ।

पोखरा २७ का ५२ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।

यस्तै पोखरा २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका गण्डठकी मेडिकल कलेजमा मृत्यु भएको हो । यी ३ जना संक्रमितमा २३ वैशाखमा कोरोना पुष्टि भएको थियो ।

पोखरा ९ की ३१ वर्षीया संक्रमित महिलाको शनिबार राति मेडिप्लस अस्पताल पोखरामा मृत्यु भएको हो ।म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीइ संक्रमितको शुक्रबार बेलुका मृत्यु भएको हो । यी दुवै संक्रमितमा १८ वैशाखमा कोरोना देखिएको थियो ।

पोखरा १२ की ३५ वर्षीया संक्रमितको २५ गते शनिबार राति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा घर भएका ४२ वर्षे पुरषको पनि सोही अस्पतालमा मृत्यु भएको हो ।

स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ ।
वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमितको शबिार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनमा २३ वैशाखमा कोरोना देखिएको थियो ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको निर्दे्नालयले जनाएको छ । ।



प्रतिक्रिया दिनुहोस !