३ जेष्ठ २०८१, बिहिबार

कर्णालीमा नदीमा जीप खस्दा ४ जनाको मृत्यु

प्रकाशित मिति :  2 January, 2020 5:06 pm


१७ पुस, बाजुरा ।
बाजुराको हिमाली गाउँपालिका–७, बाधुको कालडाँडा भिरबाट कर्णाली नदिमा खसेको जिपमा ४ जनाको शव भेटिएको छ ।

प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बताए । घाइतेको उपचार भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार जिपमा कति यात्रु थिए भन्ने जानकारी प्राप्त भइसकेको छैन । भेटिएको शवको सनाखत भएको छैन । घटनास्थलमा प्रहरी स्थानीय पुगेर उद्धार कार्य भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !