१४ बैशाख २०८१, शुक्रबार

साओमीको रेडमी नोट १० प्रो नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

प्रकाशित मिति :  14 May, 2021 4:46 pm


काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीको पछिल्लो फ्ल्यागशीप फोन साओमी नोट १० प्रो नेपाली बजारमा भित्रिएको छ । कम्पनीले सुक्रबार नेपालमा सार्वजनिक गरेको हो । ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको फोनको मूल्य ३३ हजार ९९९ तोकिएको छ ।

फोनमा १०८ एमपी क्यामेरा छ भने १२० हर्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ७३२ जी प्रोसेर र ईभोल डिजाइन लगायत यसका मुख्य विशेषता हुन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले रेडमी नोट सिरिजको १० औं संस्करणको रुपमा बजारमा ल्याइएको नोट १० प्रो क्यामेरा, डिस्प्ले र प्रदर्शनमा क्रान्तिकारी परिवर्तन रहेको बताए ।

कम्पनीले बेस्ट स्पेक्स, हाईयेस्ट क्यवालिटी र अनेस्ट प्राईस साथ ब्रान्डको वचनलाई निभाएको उनको भनाइ छ ।

फोनका मुख्य विशेषता यस्ता छन्ः

१०८ एमपी क्वाड क्यामेराः

रेडमी नोट १० प्रो का प्रमुख विशेषता १०८ मेगापिक्सेल प्राइमरी क्यामेरा रहेको छ । यसमा ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याक्राे र २ एमपी डेप्थ सेन्सर रहेको छ । फ्रन्ट क्यामेरा १६ एमपीको पञ्च होल डिस्प्ले क्यामेरा छ ।

यो १०८ एमपी क्यामेरा सेन्सरको तेस्रो जेनेरेशन हो र यो डिजाइन गरिएको अहिले सम्मकै पातलो डिजाइन हो– यसको अघिल्लो जेनेरेशन भन्दा यो १५ प्रतिशतले पातलो छ ।

आइसोसेल प्लस र स्मार्ट–आईएसओ टेक्नोलोजीहरुले व्यापक डाइनामिक रेन्ज र अप्टिमल एक्सपोज फिचर छ । यसमा ९–इन–१ पिक्सेल बिनिङ्ग टेक्नोलोजी पनि रहेको छ जसले अन–प्रारालल्ड लो–लाइट पर्फमेन्सको लागि ठूलो २.१ माइव्रmोमिटरको पिक्सेल साइज उपलब्ध गराउँछ ।

फोनको ५ एमपी सुपर म्याक्राे  क्यामेरा र ८ एमपीको अल्ट्रा वाइड सेन्सर क्यामराले पनि उत्कृष्ट फोटो तथा भिडियो खिच्न सक्नु यसको अर्को विशेषता हो ।

भाइब्रेन्टः सुपर एमोलेड डिस्प्लेः

रेडमी नोट १० प्रोमा १६.९ सेन्टिमिटर(६.६७)फुल एचडी+ सुपर एमोलेड डिस्प्ले, १२०० निट्सको पिक ब्राइटनेस, १२० हटर््जको रिफ्रेस रेट, १०० प्रतिशत डीसीआई–पी थ्री वाइड कलर ग्यामट र एचडीआर १० सपोर्टको प्रदर्शन रहेको छ ।

इभोल डिजाइनः डिजाईन्ड विथ लभः

रेडमी नोट १० सिरिजले सबै नयाँ इभोल डिजाइनमा प्रस्तुत छ । ब्याक प्यानलमा डुअल टोन प्रिमियम म्याट फ्रोस्टेड ग्लास ब्याकको फिचर छ जुन नोट सिरिजको लागि पहिलो हो । रेडमी नोट १० प्रो ले डुअल स्टीरियो स्पिकर सेटअपलाई समेटेको छ ।

जसले समग्र मल्टिमेडियाको एक्सपेरियन्सको लागि ठूलो, स्पष्ट र इमर्सिभ ध्वनीको प्रदान गर्दछ। अधिकतम पहुँच सुनिश्चित गर्नको लागि यसमा ३.५ मिलिमिटर ज्याकको साथसाथै आईआर ब्लाटर पनि रहेको छ। सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्ट फिंगरप्रिन्ट रहेको छ जसले डबल–ट्याप जेस्चरलाई सपोर्ट गर्छ ।

क्वालकम स्न्यापड्रागन टिएम ७३२ जी प्रोसेसरः

रेडमी नोट १० प्रो क्वालकम स्न्यापड्रागन टिएम ७३२जी चिपसेट द्वारा संचालित छ जुन लेटेस्ट क्वालकम स्न्यापड्रागन ७ सिरिजको प्रोसेसर हो । यो ८ न्यानोमिटरको प्रोसेसर हो जसमा काइरो ४७० आर्किटेक्चरको सुविधा रहेको छ जसले २.३ गिगाहट्र्ज सम्मको मापन गर्दछ। रेडमी नोट १० प्रो को ३००,००० भन्दा बढीको एन्टुटु स्कोर छ जसले यसलाई रेडमी नोट मध्यको शक्तिशाली मानिएको छ ।

एलाइट गेमिङ्ग र एड्रोनो ६१८ ले फोनमा ग्राफिक्सलाई उत्कृष्ट बनाउन सघाएको छ । रेडमी नोट १० प्रो मा इम्प्रुभ्ड हिट डेसिपेसन र अन इन्टरप्टेड गेमिङ्ग पर्पmमेन्सको लागि मल्टी–लेयर्ड ग्राफाइट सिटको सुविधा रहेको छ ।

यो डिभाइसले ८ जीबी एलपीडीडीआर ४ एक्स सम्मको र्याम र १२८ जीबी युएफएस २.२ स्टोरेज सम्म लिन सक्छ जसले स्मुथ र सिमलेश कार्य अपरेसनहरु गर्न सक्छ र यो एन्ड्रोइड ११ मा आधारित मीयुआई १२ मा चलाउन मिल्छ ।

५०२० एमएएच ३३ वाट फास्ट चार्जिङ्गः

रेडमी नोट १० प्रोमा ५०२० एमएएचको ब्याट्री सुविधा रहेको छ । जसले सजिलै एक दिन भन्दा बढी र दुई दिन सम्मको मोडरेट युजेज सर्तहरुलाई पालना गर्दछ । यो ३३ डब्लु इन–बक्स फास्ट चार्जरको साथ पनि आउँछ जसले उपकरणलाई ३० मिनेटमा ० देखि ५९ प्रतिशतको उर्जा दिन्छ ।

यद्यपी यसले ५०२० एमएएच ब्याट्रीलाई यसको पूर्ववत रुपमा राख्दछ । रेडमी नोट १० प्रो १६ ग्राम हल्का र रेडमी नोट ९ प्रो म्याक्स भन्दा ०.७ मिलिमिटर पातलो छ ।



प्रतिक्रिया दिनुहोस !