२१ बैशाख २०८१, शुक्रबार

अरुण भ्याली हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति :  16 May, 2021 11:05 am


काठमाडौं ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख ६ गतेबाट आफ्ना लगानीकर्तालाई १ः५ को अनुपातमा हकप्रद सेयर जारी गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यसअघि वैशाख २६ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा पछि म्याद थप गरि आज (जेठ २ गते) सम्म आवेदन दिन पाइने व्यबस्था गरिएको थियो ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !