१४ बैशाख २०८१, शुक्रबार

विभागीय प्रमुखलाई कृषि मन्त्रीको निर्देशन, ‘कृषि क्षेत्रमा काेराेनाकाे प्रभाव अध्ययनगरी राहत दिनू’

प्रकाशित मिति :  16 May, 2021 5:02 pm


काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्या कुमारी अर्यालले कोरोना महामारीका कारण कृषि क्षेत्रमा पारेको प्रभाव अध्ययन गर्न विभागिय प्रमुखलाई निर्देशन दिएकी छिन् ।

पुनः मन्त्री नियुक्ती भएपश्चात आइतबार विभागीय प्रमुखहरुसँगको छलफलमा सुरक्षाका मापदण्ड पुर्याएर किसान र कृषिका अन्य क्षेत्रमा परेको प्रभाव अध्ययन गरि राहत उपलब्ध गराउन निर्देशन दिएकी हुन् ।

महामारीका कारण कृषकहरुले भोग्नुपरेका समस्या समाधान र कृषि उपज बजारीकरणका लागि आवश्यक सहयोग गर्न सबै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री तथा सचिवहरुसँग तत्काल भर्चुअल मानध्यमबाट छलफल गरी आवश्यक कदम अगाडी बढाउन निर्देशन दिएकी छिन् ।

“महामारी नियन्त्रणका सन्दर्भमा गरिएको निषेधाज्ञाका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा पर्नसक्ने प्रभावहरुको अध्ययन गर्न आवश्यक छ। प्रभावहरुको अध्ययन त्यसपश्चात् सरकारबाट प्रदान गर्न सकिने सेवा सुविधाका सम्बन्धमा सरोकारवालासँग छलफल गरी क्षती पुगेका कृषकहरुलाई राहत प्रदान गर्न आवश्यक तयारी गर्नुस्। अध्ययन गर्दा साँच्चिकै प्रभावित कृषकहरु नछुटून्,” उनले भनिन् ।

कृषि तथा पशुपन्छी बजार तथा ढुवानी सहजिकरणको लागी यस अघिनै मन्त्रालयको अनुरोधमा गृह मन्त्रालय मार्फत सबै जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार भैसकेको जानकारी गराउदै उनले कुनै समस्या परेमा गम्भीरतापूर्वक लिएर समन्वयन गर्न उनको निर्देशन छ ।
कार्यक्रममा कृषि सचिव योगेन्द्र कुमार कार्की, कृषि विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग लगायतका विभागीय प्रुमख तथा मन्त्रालयका अधिकारीहरु उपस्थित थिए ।

 



प्रतिक्रिया दिनुहोस !