१७ बैशाख २०८१, सोमबार

नेकपाले टुंग्यायो राष्ट्रिय सभाका उम्मेद्वार

प्रकाशित मिति :  3 January, 2020 12:14 pm


काठमाडौं, १८ पुस  ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को सचिवालयले राष्ट्रिय सभा उम्मेद्वारका लागि १६ जनाको नाम टुंग्याएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई गण्डकी प्रदेशबाट राष्ट्रिय सभा उम्मेद्वार बनाउने निर्णय गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सकिएको नेकपा सचिवालय बैठकले प्रदेश १ बाट इन्दु गौतम, देवेन्द्र दाहाल र गोपी अछामी, प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान, प्रदेश ३ बाट गंगा बेलवासे र डा. बेदुराम भुसाललाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

नेकपाले गण्डकी प्रदेशबाट भगवती न्यौपाने र नारायणकाजी श्रेष्ठ, प्रदेश ५ बाट विमला घिमिरे, गोपाल भट्टराई र जगप्रसाद शर्मा, कर्णाली प्रदेशबाट सुमित्रा बिसीलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ।

त्यस्तै तारामान स्वाँर र शारदा भट्टलाई सुदूरपश्चिम प्रदेशबाट उम्मेद्वार बनाउने नेकपा सचिवालयको निर्णय छ। राष्ट्रिय सभा निर्वाचन आउँदो ९ मााघमा हुँदैछ।

निर्वाचन आयोगले राष्ट्रिय सभाका लागि २० पुसमा उम्मेद्‌वार मनाेनयन दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ



प्रतिक्रिया दिनुहोस !