२२ बैशाख २०८१, शनिबार

रोल्पामा प्रहरी बोकेको गाडी दुर्घटनामा, पाँच घाइते

प्रकाशित मिति :  21 May, 2021 11:34 am


—उमा केसी—

रोल्पा । रोल्पाबाट नेपालगंजतर्फ जाँदै गरेको प्रहरी बोकेको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि चार प्रहरीसहित पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट जवरजस्ती करणी मुद्दाका एक थुनुवा लिएर लिवाङबाट हिडेको लु १ झ ५७० नम्बरको गाडी बिहान ११ बजेतिर रोल्पा नगरपालिका-१ भदौरे मन्दिर नजिक दुर्घटनामा परेको हो ।

घाइते पाँचै जनाको जिल्ला अस्पताल रेउघामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताए ।

ब्रेक फेल हुँदा दुर्घटना भएकाे प्रारम्भिक अनुसन्धानबाट देखिएकाे सुवेदीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !