५ जेष्ठ २०८१, शनिबार

कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगायो

प्रकाशित मिति :  4 January, 2020 7:57 pm


काठमाडौं, १९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ।

प्रदेश २ मा दुई सिटका लागि समाजवादी पार्टीसँग तालमेल गरेको भोलिपल्ट  शनिबार कांग्रेसले राष्ट्रिसभाका उम्मेदवारको टुंगो लगाएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १६ जानै उम्मेदवारको टुंगो लगाएको र जानकारी दिनुभयो ।  कांग्रेसले प्रदेश १ बाट निरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर ९सुनसरी० महिला, राजेन्द्र घिमिरे (झापा) अन्यबाट उम्मेदवार बनाएको छ।

प्रदेश २ का दुई सिट समाजवादी पार्टीलाई छाडेको कांग्रेसले नगिना यादव (महोत्तरी) महिला र भोला पन्जियार (धनुषा) अल्पसंख्यक-अपांगताको कोटाबाट उम्मेदवार बनाएको छ।

प्रदेश ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) महिला, गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य र विमला गौचन (म्याग्दी( लाई महिला उम्मेदवार बनाएको छ।

प्रदेश ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसंख्यंक-अपांगताबाट उम्मेदवार बनाएको छ।

कर्णाली प्रदेशबाट डिल्लीराम पाठक (सुर्खेत) अन्य र सावित्री पौडेल (सुर्खेत) महिला उम्मेदवार बनेका छन् भने सुदूरपश्चिम प्रदेशबाट ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य र तुलसी देवकोटा (कैलाली)लाई महिला कोटाबाट उम्मेदवार बनाएको छ।



प्रतिक्रिया दिनुहोस !