१७ बैशाख २०८१, सोमबार

सामुदायिक विद्यालयहरुले शुल्क लिएको पाइए कारवाही हुन्छ:तुलसीपुर उपमहानगरपालिका

प्रकाशित मिति :  4 January, 2020 8:13 pm


दाङ, १९ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरुले विद्यार्थीसँग शुल्क लिएको पाइए कारवाही गरिने भएको छ । आधारभूत तहसम्म सरकारले  निशुल्क र अनिवार्य शिक्षाको घोषणा गरिसकेको  कुनै पनि वहानामा शुल्क लिएको पाइए  कारवाही गरिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले स्पष्ट पार्नुभयो ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगको अन्तक्र्रिया कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले कुनै पनि समस्या भए स्थानीय सरकारले पुरा गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । ‘तपाईहरुका समस्या के के छन् हामी सबै समाधान गर्छाै तर कुनै पनि अभिभावकले पैसा तिरेको पाइएमा कारवाही गरिनेछ’ उहाँले भन्नुभयो।
शिक्षाको अवस्था सुधारका लागि प्रधानाध्यापकको सबैभन्दा महत्वपुर्ण हात हुने भन्दै विद्यार्थीहरुलाई अभिरुचि वढाउने गरि अध्यापन गराउनुपर्ने उहाँको सुझाव थियो ।



प्रतिक्रिया दिनुहोस !