२० बैशाख २०८१, बिहिबार

टेलिकमकाे ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफरः एक महिना निःशुल्क भ्वाइसकल, सेवा लिने तरिका यस्ताे छ

प्रकाशित मिति :  23 May, 2021 6:55 pm


काठमाडौं ।

नेपाल टेलिकमले देशभरका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने भएको छ ।
कोरोना महामारीमा सेवामा दिनरात खटिने सबै स्वास्थ्यकर्मीलाई ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर ल्याउने निर्णय गरेको हो ।

सेवा लागू गर्न आइतबार नेपाल टेलिकम र स्वास्थ्यकर्मीको नियमक निकाय नेपाल चिकित्सक परिषद, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्ने, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदसँग सम्भौता गरेको हो ।

सम्झौता गरिएका निकायले स्वास्थ्यकर्मीको आधिकारिक फोन नम्बरसहितको विवरण उपलब्ध गराए लगत्तै यो सेवा लागू हुनेछ । जस अन्तर्गत स्वास्थ्यकर्मीको नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड र प्रिपेड सिम कार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ । पोस्ट पेड मोबाइलको हकमा भने नियमअनुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ ।

आफ्नो नाममा सिम नभएकाले नयाँ सिम लिन सक्नेछन् । सम्बन्धित परिषद्को लेटरप्याडमा स्वास्थ्यकर्मीको विवरण लगेर नजिकको टेलिकम कार्यालयबाट सजिलै सिम कार्ड लिने व्यवस्था गरिएको छ । नयाँ सिममा धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश भएर आउने छ ।

टेलिकमले अफ एक्टिभ गर्ने तरिका बारे छिटै नै जानकारी उपलब्ध गराउने जनाएको छ । नेपाल टेलिकमले उपलब्ध गराउने विभिन्न सुविधाहरु आफ्नो आधिकारीक पेजमा सार्वजनिक गर्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !