१५ चैत्र २०८०, बिहिबार

विपतमा रोल्पालीको सारथी बन्दै सेना (फोटो फिचर)

प्रकाशित मिति :  24 May, 2021 4:33 pm


कुनै समय थियो रोल्पाली जनता सेना सडकमा निस्केको देख्दा घर भित्र लुक्थे  । दश वर्षे जनयुद्धको समयमा रोल्पाली जनता सडकमा सेना देख्दा कतै आक्रम भइरको छ भन्ने बुझ्छे र डराउँथे । समय बलदिंदै जाँदा सेनाप्रतिको रोल्पालीको दृष्टिकोण सकारात्मक बन्दै गयो । यतिबेला कोरोना महामारीले रोल्पाली जनता पनि अछुतो रहेनन् । दोस्रो लहरपछि हाल (सोमबार) सम्म मात्र ७ सय ६६ सक्रिय संक्रमितको संख्या छ भने ११ जनाको मृत्यु भइसकेको अवस्था छ । नेपाली सेनाले देशभरजस्तै रोल्पामा पनि सव व्यवस्थापनको कार्य सम्हालिरहेको छ । यति मात्र हैन आइलोसेन व्यस्थापनमा पनि सेनाका अधिकारीहरु जोखिम मोलेरै सेवामा लागेका छन् । यो सब देखिरहेका रोल्पालीमा सेवालाई विपतको सारथीको रुपमा लिएका छन् । नेपाली सेनाको वटुक दल गणका सेनाको सेवालाई लुम्बिनी संचारले फोटो फिचरका रुपमा प्रस्तुत गरेको छ ।

शब्द/तस्वीरः उमा केसी, रोल्पा



प्रतिक्रिया दिनुहोस !