१७ बैशाख २०८१, सोमबार

लागुऔषध चरेशसहित रुपन्देहीबाट २ जना पक्राऊ

प्रकाशित मिति :  6 January, 2020 8:15 am


पुस २१, रुपन्देही। ठुलो परिमाणको लागुऔषध चरेशसहित प्रहरीले रुपन्देहीबाट २ जनालाई पक्राउ गरेको छ ।

५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले १७ किलो चरेशसहित आइतबार दुई जनालाई पक्राउ गरेको हो ।

५. नम्बर प्रदेश अन्तरगत ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाको जानकी नगरबाट १६ किलो चरेश सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मी रेसुंगा नगरपालिकाका पदम थापा र संजय राउत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई ब्युरोेको टोलीले आवश्यक अनुसन्धान कारबाहीको लागि भैरहवा प्रहरीको जिम्मा लगाएको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश बिक्रम शाहले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !