२८ बैशाख २०८१, शुक्रबार

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता आइपीओ आउँदै

प्रकाशित मिति :  26 May, 2021 2:37 pm


काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक सेयर (आइपीओ) जारी गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले ६० लाख कित्ता आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने तयारीका साथ साधारण सभा बोलाउन लागेको हो ।

कम्पनीले भर्चुअल माध्यामबाट केन्दीय कार्यालय ज्ञानेश्वरमा असार ४ गते दिउँसो १ बजे साधारण सभा बोलाएको हो ।सभाले कम्पनीको ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

यस्तै सभाले साधारण सभाले सञ्चालक नियुक्तिको अनुमोदन गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने र लेखा परिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणहरु समेत परित गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !