५ जेष्ठ २०८१, शनिबार

कोरोना संक्रमणबाट नेपाली सेनाका जर्नेल दिनेश केसीकाे मृत्यु

प्रकाशित मिति :  27 May, 2021 10:59 am


काठमाडौं । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

सेनाको काठमाडौं छाउनिस्थित सैनिक अस्पताल उपचाररत केसीको आज बिहान निधन भएको नेपाली सेनाले जनाएको छ ।

केसी नेपाली सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपती थिए । कोरोना संक्रमणपछि उनको छाउनी अस्पतालमा महिनादेखी उपचार भइरहेको थियो । उपचारकै क्रममा आज उनको निधन भएको हो ।

केसी केही समयपहिले मात्रै बंगलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेर नेपाल फर्किएका थिए ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउने केसी नेपाली सेनाका अहिलेसम्म उच्च पदाधिकारी हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस !