२३ बैशाख २०८१, आइतबार

काठमाडाैंकाे कीर्तिपुर र चन्द्रागिरीमा बर्ड फ्लु देखियाे

प्रकाशित मिति :  27 May, 2021 12:14 pm


काठमाडाैं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको वार्ड नं ४ र वार्ड नं ९ तथा चन्द्रागिरी नगरपालिकाको केही फार्मका  कुखुरा तथा टर्कीमा बर्ड फ्लु देखिएको छ ।

बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई नियन्त्रणमा लिन त्यहाँका कुखुरा, टर्की, बट्टाइ तथा हाँस नष्ट गरिएको पशु सेवा विभागले जनाएकाे छ ।

साे क्षेत्रमा ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बडाई, २० हाँस, १ सय ७८ अण्डा र ९ सय किलाे दाना नष्ट गरी सुरक्षित तरीकाले तह लगाइसकिएको विभागले विज्ञप्ति जारी गरेर जानकारी दिएकाे हाे । रोग देखा परेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकिएको छ ।

रोग पूर्ण रूपमा नियन्त्रण रहेको र निगरानी कार्यलाई निरन्तरता दिइएको जनाइएकाे छ ।

आम उपभोक्तालाई सुनिश्चित हुन अनुरोध गर्दै रोगलाई पूर्ण नियन्त्रणमा राख्ने काममा निरन्तर सहयोग गर्न सम्पूर्ण सरोकारवालाहरुलाई  विभागले विज्ञप्ति मार्फत  अपिल  गरेको छ ।



प्रतिक्रिया दिनुहोस !