१७ बैशाख २०८१, सोमबार

प्रदेश ५ सरकारद्वारा आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय

प्रकाशित मिति :  6 January, 2020 8:29 pm


रुपन्देही,२१ पुस । प्रदेश ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघे सक्रान्तिको अवसरमा प्रदेश सरकारले २ दिन बिदा दिने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले  पुस २९ गते मुख्यमन्त्री निवासमा माघी पर्व मनाउने र २ दिन सार्वजनिक बिदा दिइएको प्रवक्ता जनाथ चौधरीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधि सहितको एक्स्पो गर्न लागिएको प्रवक्ता चौधरीले बताउनुभयो ।बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान संगठन संरचना एवं दरबन्दी स्वीकृत गरेको छ । बैठकले एक निर्देशकसहित १० जनाको दरबन्दी स्वीकृत गरेको हो ।

बैठकले रुपन्देहीका ईन्द्र प्रसाद पछाईलाई प्रदेश वन निर्देशनालयको निमित्त निर्देशकमा खटाएको छ ।बैठकले प्रदेश पदक निमावली स्वीकृत, प्रदेश चलचित्र निर्माण, प्रदर्शन एवं वितरण अवधारणापत्र स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।



प्रतिक्रिया दिनुहोस !