५ जेष्ठ २०८१, शनिबार

कांग्रेसका जिल्ला सभापतिहरूले बुझाए पार्टी सभापति देउवालाई पाँच बुँदे परामर्श पत्र(पत्रसहित)

प्रकाशित मिति :  9 January, 2020 4:05 pm


sf7df8f}F, @$ k”; . g]kfnL sfFu|];sf ;efklt z]/axfb”/ b]pjf, pk;efklt ljdn]Gb| lglw, ljhos’df/ uR5bf/nufot laxLaf/ ;efklt lgjf; a’9fgLns07df lhNnf ;efklt;Fu 5nkmn ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, २४ पुस । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पाँच बुँदे सुझाव दिएका छन् ।

बिहीबार सभापति देउवा निवास बुढानिलकण्ठ पुगेर उनीहरूले विधानअनुसार पार्टी चल्नुपर्ने भन्दै पाँच बुँदे सुझाव सहित देउवाको ध्यानाकर्षण गराएका हुन्।

बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले डाकेको परामर्श बैठकमा आएका जिल्ला सभापतिलाई देउवाले पनि भेट्न बोलाएका थिए।
कांग्रेसका रोल्पा सभापति अमर पुनका अनुसार  सभापति देउवालाई जिल्ला सभापति भेलाको निष्कर्षका रूपमा परामर्श पत्र पनि बुझाइएको छ। रोल्पा सभापति पुनले भने,’ पार्टी सभापतिको ध्यानाकर्षणका लागि सुझावपत्र बुझाएका छौं, उहाँले सकारात्मक रूपमा नै लिनुभएको छ ।’
पत्रमा महासमिति बैठकले गरेका निर्णय क्षेत्राधिकार बाहिर गएर केन्द्रीय समितिले उल्टाएकोले सच्याउनु पर्ने उल्लेख छ।

जिल्ला सभापतिहरूले गत वर्ष पुस ८ गतेसम्म चलेको महासमिति बैठकमा उक्त माग राखे पनि केन्द्रीय सदस्य स्वत: महाधिवेशन प्रतिनिधि हुने व्यवस्था विधानमा राखिएको थियो। त्यो व्यवस्था हटाउनसमेत उनीहरूले माग गरेका हुन्।

पार्टीको महाधिवेशन पूर्ण बैठकले गरिनु पर्ने स्थापित मान्यता र परम्पराविपरीत पुस ११ गते बहुमत केन्द्रीय सदस्यले एकलौटी रूपमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको भन्दै जिल्ला सभापतिहरूले यो विवाद तत्कालै अन्त्य गर्न माग गरेका छन्।

पार्टीको महाधिवेशन तोकिसकिएकोले विभागहरूमा मनोनयनजस्ता निर्णय निर्वाचन आचारसंहिता विपरीत हुने पनि उनीहरूको भनाइ छ। देउवाले २८ विभाग बढाएर ४७ पुर्‍याउने निर्णय गरेपछि जिल्ला सभापतिले ध्यानाकर्षण गराएका हुन्।

जिल्ला सभापतिहरूले महाधिवेशन निष्पक्षताका लागि क्रियाशील सदस्यता छानबिन विशेष समिति गठन गर्न पनि सुझाव दिएका छन्। उनीहरूले पार्टीभित्र भागबन्डाका आधारमा नभई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिन पनि सुझाव दिएका हुन्।
पार्टीलाई एकतावद्ध गरी लैजाने जिम्मेवारी सभापति देउवाको भएको पनि पुनले बताए।
जिल्ला सभापतिले दिएको परामर्शपत्र बुझेपछि देउवाले आफूले सबैलाई मिलाएर लैजान चाहेको बताएका थिए। ‘म सबैलाई मिलाएर लैजान चाहन्छु, म चार पटक प्रधानमन्त्री भए, पार्टी सभापति पनि भए, मलाई अब धेरै लोभ छैन, पालो तपाईंहरुको हो, सबै मिलेर पार्टी बनाउँ’ उनले भने।



प्रतिक्रिया दिनुहोस !