२५ बैशाख २०८१, मंगलबार

आज २९८ औं पृथ्वी जयन्तीः मुलुकभर विभिन्न कार्यक्रमकाे आयाेजना

प्रकाशित मिति :  12 January, 2020 3:06 pm


काठमाडाैं, २७ पुस ।

नेपाल एकिकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आज देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ ।

वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मनुभएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो ।

भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता भन्ने गरिन्छ । राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीका अवसरमा आज मुलकुभर विभन्नि कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ ।

राजधानी काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी एकता दिवस एवं पृथ्वी जयन्ती मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले रार्वजनिक विदा दिने गरेपछि केही वर्षयता विदा कटौती गरेको छ ।



प्रतिक्रिया दिनुहोस !