३ जेष्ठ २०८१, बिहिबार

चलचित्र पत्रकार संघ नेपाल,दाङको चौथो जिल्ला अधिवेशन हुँदै

प्रकाशित मिति :  13 January, 2020 7:52 am


तुलसीपुर, २७ पुस । चलचित्र पत्रकार संघ नेपाल,दाङको चौथो जिल्ला अधिवेशन सोमबार हुँदै छ ।

संघको नयाँ नेतृत्व चयनका लागि चौथो अधिवेश हुन लागेको  हो । वि.सं.२०७३ सालमा तेस्रो जिल्ला अधिवेशनबाट ध्रुवराज न्यौपानेको अध्यक्षतामा तीन वर्षका लागि निर्वाचित कार्यसमितिको समयावधि सकिदै छ ।

आगामी तीन वर्षका लागि नयाँ कार्यसमितिको निर्वाचित गर्न चौथो जिल्ला अधिवेशनमा चलचित्र पत्रकार संघ दाङका संस्थापक अध्यक्ष किशन रेग्मीले आफ्ना हजुरबुबाको सम्झनामा स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको देवलोचन स्मृति रंग पत्रकारिता पुरस्कारबाट जिल्लामै बसेर रंगपत्रकारिता गरिरहेका एकजना रंग पत्रकारलाई पुरस्कृत गरिने छ भने अन्य केही चलचित्रकर्मी, कलाकार एवं रंगपत्रकारहरुलाई सम्मान समेत गरिनेछ ।

चलचित्र पत्रकार संघ नेपालको केन्द्रीय अधिवेशन नजिकिदै गर्दा केन्द्रले पनि सबै जिल्ला शाखाहरुमा जिल्ला अधिवेशन गर्न परिपत्र गरेअनुसार केन्द्रसंगको समन्वयमा नै अधिवेशनको मिति फाइनल गरिएको संघका अध्यक्ष ध्रुवराज न्यौपानेले बताए ।

अधिवेशनमा प्रमुख अतिथिका रुपमा चलचित्र विकास वोर्डमा पुर्व अध्यक्ष डा.अमर गिरि र चलचित्र पत्रकार संघ नेपालका संगठन उपाध्यक्ष दिनेश सिटौला लगाएतका विशिष्ठ व्यक्तिहरु दाङ आउने पनि अध्यक्ष न्यौपानेले जानकारी दिए ।

तुलसीपुर स्थित रिपोर्टर्स क्लबको हलमा हुने चलचित्र पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशनमा उपस्थित भएर कार्यक्रमलाई सफल बनाइदिनुहुन सम्पुर्ण उद्योगी,व्यवसायी ,कलाकार,पत्रकार,बुद्धिजीवी एवं शुभचिन्तक सबैलाई अध्यक्ष न्यौपानेले अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !