२२ बैशाख २०८१, शनिबार

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन

प्रकाशित मिति :  14 January, 2020 7:51 am


दाङ, २८ पुस । 

चलचित्र पत्रकार संघ दाङको अध्यक्षमा शिव पुन निर्वाचित भएका छन् । संघको चौथो अधिबेशनबाट सर्वसम्मत रुपमा पुन अध्यक्षमा निर्वाचित भएका हुन । यस अघि उनी संघको कोषाध्यक्ष थिए ।

उपाध्यक्षमा सन्तोष केसी,सचिवमा पूर्ण के.सी, सह-सचिवमा निरला अर्याल गैरे,कोषाध्यक्षमा तिर्थराज चौधरी निर्वाचित भएका छन् ।

नौ सदस्यीय कार्यसमिति रहेको सदस्यहरूमा भुपेस वली,मिना खड्का, राजेश खत्री र आशिष केसी रहेका छन् । संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षता तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष डा.अमर गिरीको प्रमुख आतिथ्य र संघका केन्द्रीय उपाध्यक्ष दिनेश सिटौलाको विशिष्ठ आतिथ्यमा अधिवेशन उद्घाटन भएको थियो ।

यसैबीच, जिल्ला अधिवेशनका अवसरमा ११ हजार १ सय ११ रूपैया राशिको देवलोचन रङ्ग पत्रकारिता पुरस्कारबाट सन्तोष केसी पुरस्कृत भएका छन ।



प्रतिक्रिया दिनुहोस !