३ जेष्ठ २०८१, बिहिबार

प्रदेश नं. ५ मा ११ प्रतिशत भ्रष्टाचारका उजुरी

प्रकाशित मिति :  14 January, 2020 9:53 am


काठमाडौं, २९ पुस । प्रदेश नं. ५ मा ११ प्रतिशत भ्रष्टाचारका उजुरी परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा प्रदेश नं ५ को १० दशमलव ९३ प्रतिशत रहेको छ ।

सबैभन्दा बढि प्रदेश २ मा भ्रष्टाचारका उजुरी परेका छन् । उक्त प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको छ ।

यस्तै प्रदेश नं ३ पनि सोही प्रदेशकै हाराहारीमा रहेको छ । सो प्रदेशमा कूल २१ दशमलव १६ प्रतिशत उजुरीको सङ्ख्या रहेको छ ।



प्रतिक्रिया दिनुहोस !