२१ बैशाख २०८१, शुक्रबार

नोकियाका दुई स्मार्टफोन नोकिया जि २० र जि १० नेपालमा, तीन दिनसम्मकाे ब्याट्री लाइफ

प्रकाशित मिति :  22 June, 2021 6:37 pm


काठमाडौं । नोकियाका कम्पनीका दुई नयाँ स्मार्टफोन २० र जी १० नेपालमा सार्वजनिक भएको छ ।

एचएमडी ग्लोबलले विश्व बजारमा केही समय अगाडि सार्वजनिक गरेको तीन दिनको ब्याट्री लाइफ रहेको जी सिरिजका स्मार्टफोन अब नेपालमा पनि उपलब्ध हुने भएका हुन् ।

नेपालका लागि आधिकारिक विक्रेता प्यान एसिया एचएमडी ग्लोबलका जनरल म्यानेजर रबी कुँवरले नोकिया फोनलाई एचएमडी ग्लोबलकोे हरेक उपकरणमा रहेको सन्देश–लभ इट, ट्रस्ट इट, किप इटले भन्दा अलक रहेको र नेपालमा उपलब्ध गराउन पाउँदा खुशी लागेको बताए ।

नोकिया जी २० जिवी र्याम र ६४ जिबीको स्टोरेज सुविधाका साथ यसको मूल्य १९ हजार ९९९ मा उपलब्ध हुनेछ । र्याम र स्टोरेजमा यही फिचरको नोकिया जी १० को मूल्य १६ हजार ९९९ तोकिएको छ । दुबै फोन बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नोकिया जी २० ले तीन दिनको ब्याट्री व्याकप दिनेछ भने ४८ मेगापिक्सेलको क्यामरा यसको आकर्षण हो । यसमा ६.५ इन्चको टिएरड्र्रप डिस्प्ले रहेको छ ।

तीन वर्षको मासिक सेक्युरिटी अपडेट सुविधाले डाटा सुरक्षित राख्न मद्दत गर्ने र दुई वर्षको अपरेटिङ सिस्टमको अपग्रेड सुविधा छ । यसमा एन्ड्रोइड टिएम १२ अपरेटिङ सिस्टम रहको छ भने पछि आउने सिस्टममा अपग्रेड सुविधा छ ।

अर्को फोन नोकिया जी १० यसको ५०५० एमएएच ब्याट्रीको साथले एकल चार्जमा तीन दिनसम्म व्याकप दिनेछ । यसमा जडित एआई प्रविधिले फोनको पावरलाई चाहिने बेलामात्र उपयोग गरेर व्यवस्थित गर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !