८ जेष्ठ २०७९, आइतबार

एमसिसी राष्ट्रहितमा हुने गरी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति :  18 January, 2020 9:35 pm


म्याग्दी, ४ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताउनु भएकाे छ ।

राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आएका नेकपा सचिवालय सदस्य रहेका श्रेष्ठले बेनीमा कार्यकर्तालाई सम्बोधन गर्दै एमसिसी राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्नेछ भन्नुभयाे।
सरकार स्वतन्त्र परराष्ट्र नीतिको पक्षमा रहेको बताउँदै नेता श्रेष्ठले एमसिसीको बारेमा अनावश्यक टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताउनु भएकाे छ । यसअघि आज बिहान प्रेस सङ्गठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने प्रवक्ता श्रेष्ठले एमसिसीबारे पार्टीले छिट्टै आवश्यक निर्णय जानकारी दिनुभयाे ।



प्रतिक्रिया दिनुहोस !