१६ बैशाख २०८१, आइतबार

आईएमआई लाइफले ६० लाख कित्ता आइपीओ जारी गर्न धितोपत्र बोर्डसँग अनुमती माग्यो

प्रकाशित मिति :  24 June, 2021 2:07 pm


काडमाडौं । आईएमआई लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले तेस्रो वार्षिक साधारण सभाबाट आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेपछि बोर्डमा अनुमातिको माग गर्दै निवेदन दिएको हो ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको छ । हालकम्पनीको चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

आईपिओ निष्काशन पछि कम्पनीमा ७० प्रतिशत प्रोमोटर सेयर र ३० प्रतिशत साधारण सेयरको हिस्सा हुने छ ।कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटलाई नियुक्त गरेको छ ।

कम्पनीको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले केयरएनपी ट्रिपल बि रेटिङ्ग प्रदान गरेको छ जसले कम्पनी समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको जनाउँदछ ।



प्रतिक्रिया दिनुहोस !