५ जेष्ठ २०८१, शनिबार

जीवन विकास लघुवित्तको आइपीओ आजदेखि खुल्यो

प्रकाशित मिति :  25 June, 2021 1:07 pm


काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर आइपीओ आज देखि निष्काशन भएको छ ।

कम्पनीले आज असार ११ गतेदेखि सर्वसाधारणका लागि १९.७७ करोडरुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता सेयर साधारण सेयर आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशतबराबर अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो । जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीका लागि र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १८ लाख ४८ हजार १५ कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

जीवन विकास लघुवित्तको आईपीओ निष्कासन बन्द छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बैंकिङ समयपछि हुनेछ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्कासनका लागि यो लघुवित्तलाई इक्रा नेपालले (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्रदान गरेको छ। यसले संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ।



प्रतिक्रिया दिनुहोस !