१६ बैशाख २०८१, आइतबार

तेह्रथुम पावरको आइपीओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

प्रकाशित मिति :  25 June, 2021 5:16 pm


काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई सर्वसाधारणको लागि प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्काशनको लागि गत असोज १३ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा बोर्डले असार १० गते, बिहीबार आईपीओ निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

कम्पनीले उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !