१२ श्रावण २०८१, शनिबार

उपसभामुख तुम्बाहाङफेद्वारा राजिनामा

प्रकाशित मिति :  20 January, 2020 2:04 pm


काठमाडौं, ३ माघ । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।

संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा  सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

यसअघि सभामुखको उम्मेदवार नटुंगेसम्म राजिनामा नदिने अडान उनको थियो । सत्तारुढ नेकपाले अग्नि सापकोटा उमेद्वार बनाएपछि तुम्बाहाङ्फेले राजिनामा दिए की हुन।



प्रतिक्रिया दिनुहोस !