१२ श्रावण २०८१, शनिबार

सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक माघ १५ गतेदेखि

प्रकाशित मिति :  20 January, 2020 2:36 pm


काठमाडौं, ६ माघ । सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठक माघ १५ गतेदेखि बस्ने भएको छ।

यसअघि पुस तेस्रो सातादेखि बस्ने तय भएको बैठक राष्ट्रिय सभा निर्वाचनका कारण सरेको हो। राष्ट्रिय सभा निर्वाचन माघ ९ गते हुँदैछ।

केन्द्रीय कमिटी बैठक प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा ११ बजेदेखि बस्ने छ । नेकपामा ४४५ जना केन्द्रीय सदस्य छन्। पार्टी कार्यालय धुम्बाराहीमा नअट्ने भएकाले बैठक सभागृहमा गर्न लागिएको एक नेताले जानकारी दिए ।

नेकपाको केन्द्रीय कमिटी झन्डै २ वर्षदेखि बस्न सकेको छैन।



प्रतिक्रिया दिनुहोस !