३ जेष्ठ २०८१, बिहिबार

प्रदेश-५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता पोखरेलको निधन

प्रकाशित मिति :  20 January, 2020 4:26 pm


रूपन्देही, ६ माघ । नेपाली कांग्रेसका नेता एवं प्रदेश-५ प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ ।

क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको आज दिउँसो रुपन्देहीको तिलोत्तमा-१४, खैरियामा रहेको आफ्नै निवासमा निधन भएको नेपाली कांग्रेस रुपन्देहीले जनाएको छ ।

पोखरेलको जन्म १९९४ साल माघ १९ गते प्युठानको तुसारामा भएको थियो । उनी समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए । उनी नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय कार्यसमिति सदस्यसम्म भएका थिए ।२०१३ सालदेखि  उनी नेपाली राजनीतिमा सक्रिय  थिए ।

पोखरेल एकवर्षदेखि छातीको क्यान्सरबाट पीडित थिए । पोखरेलका पत्नी, चार छोरा र दुई छोरी छन् ।



प्रतिक्रिया दिनुहोस !