१६ बैशाख २०८१, आइतबार
असार पन्ध्र

मुलुकभर २७ प्रतिशत रोपाइँ सम्पन्न, धान फल्ने संसारकै उच्च स्थान छुमचाैरमा पनि नियमित राेपाइँ

प्रकाशित मिति :  29 June, 2021 10:09 am


काठमाडौं । असार दोस्रो सातासम्म धान खेतीयोग्य क्षेत्रमा २७ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार हालसम्म १३ लाख ७१ हजार ७०६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

तथ्यांक अनुसार सबैभन्दा बढी कर्णाली प्रदेशमा ६२ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा १०.५५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिममा ४८.३१, लुम्बिनी प्रदेशमा ४५.९४, बागमतीमा २१.०७, प्रदेश १ मा १७.९९ र गण्डकी प्रदेशमा १५.३४ रोपाइँ सम्पन्न भएको छ ।

भूगोल अनुसार सबैभन्दा बढी उच्च पहाडमा ३३.४८ प्रतशत रोपाइँ सम्पन्न भएको छ । त्यसैगरी मध्य पहाडमा ३०.९५ प्रतिशत र तराईमा २५.४५ क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

जुम्लाकाे छुमचाैर ।

नेपाल संसारकै उच्च स्थानमा धान फलाउने मुलुक पनि हो । कर्णाली प्रदेशको जुम्ला जिल्लाको छुमचौर संसारकै उच्च स्थानमा धान फल्ने क्षेत्र हो, जसको उचाइ समुद्र सतहदेखि ३ हजार ५० मिटर छ । छुमचाैरमा नियमित राेपाइँ सकिएकाे छ ।

नेपालमा मौसमको आधारमा बर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदे धान ९बोरो० को रुपमा धान खेती हुने गर्दछ। नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ ।

माैसमकाे अनुकूलताले याे वर्ष समयमै धान राेपाइँ भइरहेकाे छ । यद्यपी गत वर्षकाे तुलनामा याे वर्षकाे धान राेपाइँकाे प्रतिशत भने कम छ । गत वर्ष यही समयमा ३५.४८ प्रतिशत राेपाइँ सम्पन्न भएकाे थियाे ।

पहाडी क्षेत्रमा जेठदेखि नै राेपाइँ सुरू हुन्छ भने अन्न भण्डार तराइमा भने साउनकाे अन्तिमसम्म पनि नियमित राेपाइँ गरिन्छ ।

स्राेतः कृषि विभाग



प्रतिक्रिया दिनुहोस !