२४ बैशाख २०८१, सोमबार

दामनमा ८ जना भारतीय पर्यटकको मृत्यु

प्रकाशित मिति :  21 January, 2020 12:50 pm


काठमाडौं, ७ माघ ।
मकवानपुरको दामनमा एक होटलमा बेहोस अवस्थामा भेटिएका आठजना भारतीय पर्यटकको मृत्यु भएको छ ।नेपाल प्रहरीका सह-प्रवक्ता एसएसपी उमेशराज जोशीले दिएको जानकारीअनुसार भारतको केरला क्षेत्रबाट नेपाल घुम्न आएका आठजना पर्यटकको मृत्यु भएको छ ।

राति हिटर तापेर सुतेका उनीहरु बिहान बेहोस अबस्थामा भेटिएका हुन।दामनको एभरेष्ट पानारोमा होटलमा बसेका उनीहरु बिहान अचेत अवस्थामा फेला परेका थिए । उनीहरुलाई हेलिकोप्टरमार्फत् काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !