२५ बैशाख २०८१, मंगलबार

अग्नि सापकोटाले दिए सभामुखमा उम्मेदवारी

प्रकाशित मिति :  21 January, 2020 1:12 pm


काठमाडौं, ७ माघ । 

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्नि सापकोटाले सभामुखमा उम्मेदवारी दर्ता गरेका छन्।उनले मंगलबार बिहान ल्होत्से हल, संघीय संसद भवनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका सांसद देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा उनले उम्मेवदारी दर्ता गराएका हुन्।

उम्मेदवारी दर्तापछि उनले भने,‘यो जननिर्वाचित र सार्वभौम संस्थाको ओज, गरिमा र मूल्यमान्यता उच्च बनाइराख्न भगिरथ प्रयत्न गर्नेछु।’मंगलबार रिक्त सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !