५ जेष्ठ २०८१, शनिबार

भर्नुभयो ? मनकामना स्मार्ट लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति :  5 July, 2021 2:08 pm


काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले उक्त आईपीओमा आज बैकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले असार १७ गते, बिहिबारबाट १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये ६ हजार ५८ कित्ता संस्थापक कर्मचारीहरुका लागि, १९ हजार ४ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि र ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सेयर सर्वसाधारणका लागि छुटएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आजसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ।

उक्त कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ । हिजो आइतबार साँझसम्म उक्त आईपीओमा १७ लाखभन्दा बढी आवेदन परेको  क्यापिटलले जनाएको छ ।

संस्थाको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।



प्रतिक्रिया दिनुहोस !