२१ बैशाख २०८१, शुक्रबार

अवैधरुपमा भित्रिएका मोबाइल साउन १ गतेदेखि नचल्ने

प्रकाशित मिति :  6 July, 2021 2:04 pm


काठमाडौं ।  विदेशबाट अवैधरुपमा नेपाल भित्राइएका मोबाइलहरु अब नचल्ने भएका छन् । साउन १ गतेदेखि राजश्व छलेर अवैधरुपमा भित्राइएका मोबाइल फोनहरु नियन्त्रण गर्न कडा नियम लागु गरिएको नेपाल दूरसंचार प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विदेशबाट अवैधरुपमा ल्याइएका मोबाइलबाट हुने अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न यो व्यवस्था लागु गरिएको हो ।

अब विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा रजिस्टर गरेपछि मात्रै सञ्चालनमा आउनेछन्।
त्यस्तै विदेशबाट निजी प्रयोगका लागि वा उपहार पाएर ल्याइने मोबाइलहरु पनि प्राधिकरणमा रजिस्ट्रर गर्नुपर्नेछ भने हाल चलिरहेका मोबाइललाई भने यो नियम लागू नहुने प्राधिकरणले जनाएको छ ।

नेपालमै खरिद गरिएका मोबाइलमा नेपाल भित्र्याउने कम्पनीले रजिस्ट्रर गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँग हुनेछ । तर, बाहिरबाट ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रणका लागि मोबाइल रजिस्ट्री अनिवार्य गरिएको प्राधिकरणले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !