७ बैशाख २०८१, शुक्रबार

बोटलर्स नेपालद्वारा पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

प्रकाशित मिति :  6 July, 2021 3:03 pm


काठमाडौं । बोटलर्स नेपाल तराइ लिमिटेडले  सेयर धनीहरुलाई पुरानो लाभांश लिन आग्रहगरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरेर २०७२ पुस २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट पारित लाभांश सेयर धनीहरुले पाँच बर्ष पुग्दा पनि लाभांश नलिएको भन्दै लाभाशं लिन आउन आग्रह गरेको हो ।

लाभांश नलिएका सेयरधनीहरुले कम्पनीको सेयर रजिष्ट्रारको कार्यलय नबिल बैकिङ लिमिटेड नारायणचौर नक्सालमा आफ्नो सेयर प्रमाणपत्रका साथ यो सूचना प्रकाशित भएको एक महिनाभित्र सम्पर्क गरी लिन सक्नेछन् ।

सेयरधनीले यो सूचना प्रकाशित भएको १ महिनाभित्र कम्पनीको सेयर रजिस्ट्रारको कार्यालय नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौ नक्सालस्थित कार्यालयमा लाभांश लिनका लागि आफूले प्राप्त गरेको सेयर प्रमाणपत्रका साथ आफ्नो परिचयपत्र लिई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

तोकिएको समयभित्रमा लाभांश लिन नआएमा उक्त भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम स्थापित लगानीकर्ता संरक्षण लगानी कोषमा जम्मा हुने समेत कम्पनीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !