३ जेष्ठ २०८१, बिहिबार

कांग्रेसको दोस्रो ‘वाकओभर’

प्रकाशित मिति :  22 January, 2020 8:21 am


काठमाडौं, ८ माघ ।  राजनीति हार–जित र अंकगणित मात्रै होइन । मुद्दा र एजेन्डा राजनीतिका मुख्य अस्त्र हुन् । तर, संघीय संसद्मा विपक्षी कांग्रेसले एउटै मुद्दामा अंकगणित हेर्‍यो र आफ्नो उपस्थिति जनाएन ।

सभामुख निर्वाचनमा कांग्रेसले दुईपटक ‘वाकओभर’ गर्‍यो । दुई वर्षको बीचमा दुईपटक सभामुखको निर्वाचन हुँदा कांग्रेसले विपक्षीको उपस्थिति नै देखाएन । नतिजा, पहिले महरा निर्विरोध भए । यसपटक नेकपा का अग्नि सापकोटाको मात्र उम्मेदवार भएकाले सभामुखमा निर्विरोध हुदै छन् ।

कांग्रेसले उम्मेदवार नदिएपछि २६ फागुन ०७४ मा तत्कालीन माओवादीका उम्मेदवार कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका थिए । संसद्मा कार्यरत एक महिला कर्मचारीसँगको विवादित सम्बन्धमा तानिएपछि महराले १४ असोज ०७६ मा राजीनामा गरेका थिए ।

त्यसपछि नेकपाभित्रै सभामुखको उम्मेदवार को हुने भन्नेमा महाभारत भयो । तर, जब नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनायो । खेल सुरु नहुँदै कांग्रेसले ‘वाकओभर’ गर्‍यो । अब आइतबार सापकोटा सभामुख हुँदै छन् ।- नयाँ पत्रिका



प्रतिक्रिया दिनुहोस !