२५ बैशाख २०८१, मंगलबार

विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

प्रकाशित मिति :  8 July, 2021 4:01 pm


काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको हो।

जसमा अमेरिका र भारतमा सबैभन्दा बढी ज्यान गएको छ। हालसम्म अमेरिकामा कोरोनाबाट ६ लाख र भारतमा ४ लाखभन्दा बढीको ज्यान गइसकेको छ ।

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यो निकै दर्दनाक यात्रा रहेको बताएका छन्। ‘अझै यो महामारीलाई हराउन निकै समय लाग्न सक्छ’, उनले भने।

गुटेरेसले कोरोनाविरुद्धको भ्याक्सिनहरु आइसकेकोले आशाको किरण पलाएको बताएका छन्। ‘सारा विश्वमा अब खोप अभियानलाई तीव्रता दिइनुपर्छ’, उनले भने।

हालसम्म विश्वभर १८.५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। जब कि विश्वभर ३.३२ करोड मानिसले कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन्। – एजेन्सी



प्रतिक्रिया दिनुहोस !