१७ बैशाख २०८१, सोमबार

दीपक मनाङेविरुद्ध कास्की प्रहरीमा उजुरी दिँदै गुरुङ

प्रकाशित मिति :  22 January, 2020 12:44 pm


काठमाडौं, ८ माघ । 

अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले गण्डकी प्रदेशका प्रदेशसभा सांसद दीपक मनाङे विरुद्ध उजुरी दिने भएका छन्। गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिने तयारी गरेका छन्।
मंगलवार मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा असन्तुष्टि जनाउँदै सांसद मनाङेले गुरुङमाथि हातपात गरेका थिए। बुधवार अध्यक्ष गुरुङले पत्रकार सम्मेलन गर्दै सांसद मनाङेविरुद्ध प्रहरीमा कुटपिट गरेको उजुरी दिने बताए।

मनाङले मुख छाडेको र हातपातसमेत गरेको उनको दाबी छ। भने, ‘उसले मुख छाड्यो धेरै। सभासद् हो रेस्पेक्ट गरेर सहेरै बसे। उनले डन पारा देखाए।

मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे गत असारमा मात्र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका हुन्।



प्रतिक्रिया दिनुहोस !