सुनको मूल्यमा आजपनि सामान्य वृद्धि
प्रकाशित मिति : 9 July, 2021 11:39 am

काठमाडौं । सुनको मूल्यमा आज सामान्य वृद्धि आएको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार हिजो प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज २०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ तय भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १ हजार ३१० रुपैयाँ कायम भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँ तोकिएको छ ।