२१ बैशाख २०८१, शुक्रबार

रियलमीले घटायो दुई स्मार्टफोनको मूल्य, यस्तो छ नयाँ मूल्य

प्रकाशित मिति :  10 July, 2021 6:12 pm


काठमाडौं । मोबाइल फोन ब्राण्ड रियलमीले पछिल्ला दुई उत्पादनको मूल्य घटाएको छ । कम्पनीले रियलमी ७ को मूल्यमा ३ हजार र सी १२ को मूल्यमा २ हजार रुपैयाँले कटौती गरेको हो ।

यसअघि ३५ हजार ९९० मूल्य रहेको रियलमी ७ अब ३२ हजार ९९० मात्रमा किन्न पाइने छ । फोनमा ८ जिबी र्याम र १२८ जिबीको स्टोरेज छ ।
कम्पनीले ३ जिबी र्याम र ३२ जिबी स्टोरेज रहेको रियलमी सी १२ को मूल्य १६ हजार ९९० बाट घटाएर १४ हजार ९९० कायम गरेको हो । रियलमी नेपालका १ सय भन्दा बढी आउटलेटबाट दुबै फोन उपलब्ध रहेको जनाइएको छ ।

रियलमी सी १२ मा ६००० एमएच ब्याट्री रहको छ । एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाइ ५७ दिनसम्म रहने दाबी कम्पनीको छ ।

रियलमी ७ मा पनि ५००० एमएएच ब्याट्री रहेको छ । यसमा ३० वाट डर्ट चार्जिङले २६ मिनेटमा ५० प्रतिशत चार्जिङ गर्न सक्छ । यो ब्याट्री र चार्जिङ क्षमता हेलियो जी ९५ गेमिङ प्रोसेसरद्धारा सञ्चालित रहेकोमा जसको अक्टा कोर एसओसी बेन्चमार्क एनटुटुमा ३० हजार रहेको छ ।



प्रतिक्रिया दिनुहोस !