१२ श्रावण २०८१, शनिबार

वैश्विक कर सुधार गरी अघि बढ्न जी ट्वेन्टीका वित्तमन्त्रीहरू सहमत

प्रकाशित मिति :  11 July, 2021 2:29 pm


काठमाडौ । विश्वका बिस शक्तिशालीहरूको समूह जी ट्वेन्टीका वित्तमन्त्रीहरूले बहुराष्ट्रिय कम्पनीहरूमाथि एक न्यूनतम कर थप्ने विषयमा सहमति गरेका छन् ।

भेनिसमा आयोजित दुई दिने वित्तमन्त्रीहरू तथा केन्द्रीय बैंकहरूका गभर्नरहरूको सो बैठकले अन्तर्राष्ट्रिय व्यवसाय कर प्रणालीमा सुधार गर्न एक सहमति गरेको हो ।

यो सुधार कर प्रणालीमा कार्यान्वन गरिए बहुराष्ट्रिय कम्पनीहरूले विश्वका न्यून कर भएको ठाउँमा मुनाफा लिएर जाने कागम छोड्ने विश्वास गरिएको छ ।

विगत कतिपय वर्षदेखि अन्तराष्ट्रिय कर प्रणालीमा सुधार गर्न प्रयास गरिएपनि अहिले आएर सहमति भएको हो ।

“दुई खम्बे महत्वपूर्ण नीतिमा हामी सहमति जनाएका छौं । बहुराष्ट्रिय कम्पनीहरूको मुनाफा सुनिश्चित गरिन्छ र वैश्विक न्यूनतम कर्पोरेट करलाई प्रभावकारी बनाइन्छ ।” इटालीका अर्थ तथा वित्त मन्त्री डेनियल फ्रान्कोले समापन प्रेससम्मेलनमा जनाए ।

सहमतिले आउँदा दिनमा अन्तर्राष्ट्रिय कर प्रणालीलाई स्थायित्व दिन योगदान दिनेछ ।

वित्तमन्त्रीहरूको बैठकबाट सहमति भएको विषयलाई आगामी अक्टोबरमा अन्तिमरूप जी ट्वेन्टीका सरकार प्रमुख तथा राष्ट्रप्रमुखको बैठकमा हुने शिखर सम्मेलनमा दिइने भएको छ



प्रतिक्रिया दिनुहोस !