१२ श्रावण २०८१, शनिबार

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

प्रकाशित मिति :  22 January, 2020 5:53 pm


काठमाडौं,  ८ माघ । २०७६ माघ ९ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि मतपत्रसहित आवश्यक सामग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगिसकेका छन् ।
निर्वाचन हुने सात प्रदेशका उच्च अदालत रहेका जिल्ला सदरमुकाममा तोकिएको मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत,सहायक कर्मचारीलगायत सुरक्षाकर्मीहरू आवश्यक मतदानका सामग्रीहरूसहित खटिई मतदान केन्द्रको निर्माण कार्य समेत सपन्न भइसकेको निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !