१६ बैशाख २०८१, आइतबार

पब्लिक कम्पनी बनेसँगै आइपीओ जारी गर्ने तयारीमा नर्भिक अस्पताल

प्रकाशित मिति :  13 July, 2021 2:24 pm


काठमाडौं । नर्भिक अस्पतालले सर्वसाधारणको लागि प्राथमिक सेयर आइपीओ ल्याउने तयारी गरेको छ । हालै प्राइभेट कम्पनीमा पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालले आइपीओ ल्याउने तयारी गरेको हो ।

नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो ।

योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेड’ भएको छ ।



प्रतिक्रिया दिनुहोस !