२३ बैशाख २०८१, आइतबार

गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोटकी उप-मेयर फर्किनन्

प्रकाशित मिति :  23 January, 2020 2:49 pm


काठमाडौं, ९ माघ । 

गोष्ठीका लागि अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् ।दर्शना नेपाल नगरपालिका महासंघमार्फत गोष्ठीमा सहभागी हुन गत कात्तिकको पहिलो साता अमेरिका पुगेकी थिइन् ।

अमेरिका पुगेको केही समयसम्म उनी नगरपालिकाका मेयर रत्नबहादुर शाहीसँग सम्पर्कमै थिइन् ।तर, पछिल्लो एक महिनायता मेयर शाहीसँग पनि दर्शना सम्पर्कविहीन भएकी छन् । ‘कात्तिकको पहिलो सातातिर जानुभएको हो । सुरुमा सम्पर्कमै हुनुहुन्थ्यो । पुसयता सम्पर्क भएको छैन, ’ मेयर शाहीले भने ।

उपमेयर दर्शनाले म्यासेन्जरबाट भएको कलमा आफू बिरामी भएकोले फर्किन ढिलो भएको बताएको मेयर शाहीले बताए । उनले भने, ‘म्यासेन्जरमा कुरा भएको थियो । बिरामी भएकोले ढिलो भएको जानकारी गराउनुभयो । पुससम्म पम्पर्कमै हुनुहुन्थ्यो । त्यसपछि सम्पर्क भएको छैन ।’

मेयर शाहीले म्यासेन्जरमा कुरा गरेको बताए पनि दर्शनाको फेसबुक एकाउन्ट अहिले निष्क्रिय छ ।दर्शना नगरपालिका महासंघको केन्द्रीय सदस्यसमेत भएकोले अमेरिकाको गोष्ठीमा जाने अवसर पाएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !